नेप्से परिसूचक २.८५ अंकले गिरावट

नेप्से परिसूचक २.८५ अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबारदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचकमा आज बुधबार सामान्य गिरावट आएको छ। आज नेप्से २.८५ अंकले घटेर २ हजार ६७१.६१ विन्दुमा झरेर कारोबार बन्द भएको छ। 

गत आइतबार नेप्से परिसूचक २५.७१ अंक बढेर २ हजार ६५७.६१ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । तर नेप्सेले आइतबारको रेकर्डलाई पनि तोड्दै मंगलबार १५.७२ अंकले बढेर २ हजार ६७४.४६ विन्दुमा पुगेर उच्च रेकर्ड बनाएको थियो । 

आज नेप्सेमा २१५ कम्पनीको ७५ हजार २६५ पटकको कारोबारमा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ बराबरको १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता शेयर खरिदबिक्री भएको छ।

यसैगरी आज ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको महिला लघु वित्तिय संस्था, एनआइसी एसिया लघु वित्तिय संस्था, रिलान्यस फाइनान्स, चन्द्रागिरी हिल्स, युनिर्भसल पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

आज राइराङ हाइड्रो, युनाइटेड इर्दि मर्दि आरवि हाइड्रो, पाँचथर पावर, सानिमा इन्स्योरेन्सकोे शेयर मूल्य भने घटेको छ।

Skip This
Skip This
Logo