दशैं शुरु भएपनि काठमाडौंको बसपार्क सुनसानदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्रसम्म (भिडियोसहित)

दशैं शुरु भएपनि काठमाडौंको बसपार्क सुनसानदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्रसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये नेपालीको महान् पर्व दशैं शुरु भए पनि विगतका वर्षमा जस्तै चाड पर्व मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि सञ्चालनमा आएपनि यात्रु नहुँदा बसपार्क सुनसान बनेको हो ।

त्यस्तै नवलपरासीको धौवादीमा रहेको धाउ उच्च गुणस्तरको रहेको पाइएको छ । चीनको छेन्दुमा रहेको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसनमा गरिएको परीक्षणमा उक्त ठाउँको धाउ उच्च गुणस्तरको रहेको पाइएको हो ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरिएका छन् । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

त्यस्तैगरी सत्तारूढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद डा. भीम रावलले आफूलाई दिइएको दशैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । संसदका महासचिवलाई आइतबार पत्र पठाउँदै सांसद रावलले दशैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पूरा भइसकेको छ । विमानस्थल निर्माण हुँदै गर्दा हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन् । तर, पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइडबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo