नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध


नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । मल्ल चेम्बरको ७० औं वार्षिक साधारणसाभाबाट अध्यक्षमा चयन भएका हुन् ।

चेम्बरको नयाँ कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा ५५ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

चेम्बरको आजको निर्वाचनमा कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।

कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन् । यस अघि नै चेम्बरको ५५ सदस्यीय कार्यसमिति सदस्य सर्वसम्मत रुपमा चयन भइसकेको थियो । सोही मध्यबाट आज अध्यक्ष लगायत पदाधिकारी चयन गरेको हो ।

Logo