घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन १ सयले घटेको छ। सोमबार १ सयले नै बढेको थियो ।

गत साता आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो। त्यस्तै मंगलबार ३ सयले बढेको थियो। बुधबार ५ सयले बढेको सुन बिहीबार भने एक हजारले बढेको थियो। शुक्रबार भने ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार २६० मा कारोबार भइरहेको छ।

Logo