पाँचथरमा चौथो चौंरी महोत्सव सम्पन्न, चौंरीपालक किसान भने घट्दै

पाँचथरमा चौथो चौंरी महोत्सव सम्पन्न, चौंरीपालक किसान भने घट्दै


यो वर्षको चौथो चौंरी महोत्सव बुधबार सम्पन्न भएको छ। नेपाल र भारतको सिमानामा रहेको पाँचथर जिल्लाको फालेलुङमा आयोजना गरिएको चौंरी महोत्सव बुधबार सकिएको हो। यसलाई दक्षिण एशिया क्षेत्रको एक मात्र चौंरी महोत्सव मानिएको छ। 

उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ। फालेलुङ क्षेत्र घट्दै गएको र भएको क्षेत्र पनि व्यवस्थित नहुँदा चौंरी पालक किसान घट्दै गएका छन् । 

यस क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले फालेलुङको चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

फालेलुङमा हरेक वर्ष यो समयमा गोठसारी हुँदै चौंरीहरु आइपुग्छन्। उच्च हिमाली क्षेत्रको आम्दानीको मुख्य श्रोत चौंरीपालन जैविक विविधताको महत्वपूर्ण पक्ष पनि हो। अहिले महोत्सव क्षेत्रमा २१ वटा भन्दा बढी चौंरी गोठ रहेका छन्। यो मेला हेर्न तथा चौंरीबारे जानकारी लिन सीमावर्ती भारत तथा भुटानदेखि किसानहरु आउने गरेका छन्। मेलामा चौंरीको दुधबाट बनेका परिकारहरु, भेडा, घोडा समेत राख्ने गरिन्छ।

Logo