के हो ‘मेरो कित्ता’ ? कसरी प्रयोग गर्ने ?

के हो ‘मेरो कित्ता’ ? कसरी प्रयोग गर्ने ?

केन्द्रबिन्दु
3
Shares

सरकारले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने गरी मेरो कित्ता एप्स सञ्चालनमा ल्याएको छ। शुरुवातमा काठमाडौं उपत्यकाका कलंकी, डिल्लीबजार र भक्तपुरका जग्गाधनीले यो सेवा लिन सक्नेछन् । 

नापी कार्यालय नगई घरमै अनलाइनको सहायताले आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न सकिने व्यवस्था सरकारले मिलाएको हो।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो कित्ता शुभारम्भ गरे। नयाँ एप्सको माध्यमबाट भवन निर्माण र किनबेचका लागि आवश्यक जग्गाको नक्सा प्रिन्ट जग्गाधनीले घरैबाट गर्न सक्नेछन्। नापी विभागको वेबसाइटमा गएर मेरो कित्तामा लगइन गरी आफूले चाहे अनुसार उपत्यकाको जग्गाको विवारण हेरी आफैंले प्रिन्ट गर्न सकिनेछ। 

कसरी लगइन गर्ने यो एप्स ?

कुनैपनि वेब व्राउजरमा गएर मेरो एप्स नेपालीमा वा अंग्रेजीमा merokitta.dos.gov.np लगइन गर्न सकिन्छ । लगत्तै तल देखाइएको एप्स खुल्नेछ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत उक्त एप्स लगइन पश्चात सुरुमै गृहपृष्ठ, निवेदनको अबस्था, सेवा लिनका लागि निवेदन र सहयोगका लागि भन्ने विकल्प आउँछ। 

एप्सको गृहपृष्ठमा सेवा लिने विभिन्न विकल्प देखाउँछ । त्यसैको आधारबाट हामीले चाहेको विवरण र जानकारी लिन सक्नेछौं। 

त्यस्तै एप्सको निवेदनको अवस्थाभित्र निवेदनको अवस्था चेक गर्ने विकल्प दिइएको छ । निवेदन दर्ता गर्दाको मोबाइल नम्बर र सो मोबाइलमा आएको OTP  कोड समाबेश गर्ने विकल्प आउँछ। जुन हामीले हाम्रो नक्सा वा हेर्न निवेदन दिइएको अवस्थामा यो विकल्पबाट हाम्रो समस्या सामधान हुन सक्छ।
 
अर्को सेवा लिनका लागि निवेदन र सहयोगका लागि भन्ने विकल्पमा नापी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचा र सहयोग भन्ने विकल्पबाट एप्सको बारेमा बुझ्न सकिनेछ। 

नयाँ एप्सबाट व्यक्तिगत र संस्थागत गरि दुबै सेवा लिन सकिनेछ । नयाँ एप्सको माध्यमबाट नापी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रविधिमैत्री, झन्झटरहित, चुस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको सरकारको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी र प्रविधि ल्याउने कुरामा सरकारको ध्यान भएको भन्दै मेरो कित्ताबाट नेपालमा जति कित्ता रहेका छन्, सबै घरमा बसेर हेर्न सकिने बताए।

‘कार्यालय उही हुन्, काम गर्ने तरिकामा परिवर्तन गरेका हौँ’, प्रधानमन्त्री ओलीले भने, ‘लेस फेस, लेस पेपर र क्यासलेस अर्थात डिजिटाइज्ड नेपाल सुरु गरेका छौँ।

Logo