नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य सुधार भएको छ।

आज नेप्से २.६८ अंकले बढेर २ हजार ६६४.६१ विन्दुमा पुगेर कारोवार बन्द भएको छ।

आइतबार र सोमबार शेयर बजार दोहोरो अंकले गिरावट आएको थियो। तर आज ९ समूहको सूचक वृद्धि भएको छ भने बाँकी समूहको घटेको छ।

आज २ सय १६ कम्पनी कारोबारमा आएका थियो। जसमध्ये १ करोड २३ लाख ६९ हजार कित्ता भन्दा बढीको ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आज महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ। ज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ। हिमालय ऊर्जा विकास कम्पनीको शेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ।
  
कारोबार रकममा नागरिक लगानी कोष २१ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित पहिलो स्थानमा छ। दोस्रोमा निफ्रा र तेस्रोमा नबिल बैंक रहेका छन् ।

Skip This
Skip This
Logo