उद्यमीका जायज सुझावहरु बजेटमार्फत कार्यान्वयन हुन्छ: अर्थमन्त्री पौडेल

उद्यमीका जायज सुझावहरु बजेटमार्फत कार्यान्वयन हुन्छ: अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन्।

आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुका सम्भव र जायज सुझावहरुलाई कार्यान्वयनमा लैजाने बताएका हुन्। तर के सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेकोले अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताए। 

छलफलमा युवा उद्यमीहरुले राखेको सुझावमा धेरै महत्वपूर्ण अन्तरतत्वहरु अन्तरनिहित रहेको छ भन्ने ठानेको बताए। अहिलेको परिस्थितिमा औषत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको बताए। कोभिडको सामना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढङ्गले बजेट निर्माण हुने जानकारी दिए। अर्थतन्त्रको पुनर्उत्थानको कुरा र उन्नती प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको रहेको पनि प्रष्ट पारे। 

कार्यक्रममा युवा उद्यमीहरुले भन्सारमा न्यून विजकिकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमाण्ड शुल्क, निर्यातमा भएका समस्याहरु, स्टिल उद्योगको समस्याहरुको विषय, स्टार्टअप पोलिसि लागयतका विषयमा सुझाव दिएका छन्। त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरुको क्षमता बढाउने लगायतका विषयमा समेत उद्यमीहरुले सुझाव दिए। 

Skip This
Skip This
Logo