साताको पहिलो दिन आइतबार शेयर बजारमा कारोबारमापक नेप्से परिसूचक ७५.७९ अंकले गिरावट आएको छ।
आज नेप्से ७५.७९ अंकले ओरालो लागेर २ हजार ५७२.२२ विन्दुमा झरेको छ । आज नेप्सेका सबै उपसमूहहरु राताम्मे भएका छन्। सेन्सेटिभ परिसूचक १२.५६ अंकले घटेर ४६४.०५ मा ओर्लेको छ।
त्यस्तै, बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, वित्त ४३.७७, निर्जीवन बीमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बीमा ४६०.०४ , सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ । कूल २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए।
नेप्सेमा उच्च अंकको गिरावट देखिंदा पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । जसमा महिला लघुवित्तको शेयरमा ९.९९ प्रतिशत, विशाल बजार कम्पनी ९.९७, कालिका पावर कम्पनी ३.४५, मिर्मिरे माइक्रोफाइनान्स ३.०५ र गुडविल फाइनान्सका लगानीकर्ताले ०.३८ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, चन्द्रागिरि हिल्स ८.४३, नारायणी डेभलपमेन्ट बैंक ८.१९, रिडी हाइड्रोपावर ७.६६, यूनियन हाइड्रोपावर ७.४३, ओरियण्टल होटलका लगानीकर्ताले ६.३६ प्रतिशतले घटेको छ।





























प्रतिक्रिया