काठमाडौं ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आज बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि र काठमाडौंको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा विजुली काटिने भएको हो ।
ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली काटिनेछ ।
यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, मनमैंजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा पनि मर्मतका लागि बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म बत्ती काटिने भएको छ ।
यता कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म बत्ती काटिने पनि प्राधिकरणले जनाएको छ ।





























प्रतिक्रिया