सात सयले घट्यो सुनको मूल्य, कति छ आज?

सात सयले घट्यो सुनको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सात सयले घटेको हो। आइतबार सुन आज ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो ।

गत हप्ता आइतबार सुन २ सयले बढेको थियो।सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३ सयले बढेको थियो भने बिहीबार ३ सयले बढेको थियो। शुक्रबार २ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३०५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo