कोरोना संक्रमणको दोस्रो लहर तिव्रहरुमा फैलिएसँगै बजारमा मास्क लगायत अन्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै मास्क उद्योगमाथि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन थालेको छ।
कोरोना महामारीको प्रभावसँगै व्यवसायीहरुले संकटलाई अवसरका रुपमा लिएर मास्क लगायत सेनिटाइजरको मूल्यवृद्धि भएको छ। पछिल्लो समय कोरोना दोस्रो लहरमा उद्योगीले मास्कको कृतिम अभाव गराएर मूल्य बढाइरहेका छन्।
विभागका प्रवक्ता शिवराज सेढाईंले महामारीको मौका छोपेर आफूखुसी मूल्य बढाउने माक्स उद्योगमाथि अनुगमन सुरु गरिएको बताए । प्रवक्ता सेढाईंले भने, ‘मूल्यवृद्धि गरेको पाइए कारबाही गर्छौं।’ मूल्य बढाएको विषयमा अहिलेसम्म लिखित उजुरी भने विभागमा नपरेको उनको भनाइ छ।
कोरोनाको दोस्रो लहर देखिन सुरु भएसँगै बजारमा उद्योगीले प्रतिमास्क ३० देखि ६० पैसासम्म मूल्यवृद्धि गरेका छन्। बजारमा ५ रुपैयाँमा पाइने सामान्य सर्जिकल मास्क अहिले २५ रुपैयाँ पर्न थालेको छ।
विभागले केही साताअघि पनि मास्कको मूल्यवृद्धि गर्ने केही फर्महरुमा अनुगमन गरेको थियो । त्यो बेला लिखित उजुरीका आधारमा होलसेल व्यापार गर्ने ५ वटा फर्मलाई १०/१० हजारका दरले जरिवानासमेत गरेको प्रवक्ता सेढाईंले बताए।






























प्रतिक्रिया