पुरानो बसपार्क बन्द, सवारी प्रवेशमा रोक

पुरानो बसपार्क बन्द, सवारी प्रवेशमा रोक

केन्द्रबिन्दु
0
Shares

बुधबार साँझदेखि महानगरले खुल्लामञ्चमा रहेको सिटी बसपार्कमा सवारी प्रवेशमा रोक लगाएको छ। वीर अस्पतालतर्फको प्रवेशद्वारमा र विद्युत प्राधिकरणतर्फको ढोकामा दुबै गेट बन्द गरिएको छ । महानगरपालिकाले यस अघि नै बसपार्क खाली गर्न सूचना टाँसेर जानकारी गएको थियो। त्यही अनुसार अहिले बसपार्क खाली गराउने काम भइरहेको छ । 

बैशाख ९ गते महानगरले खुल्लामञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुल्लामञ्चलाई मौलिक प्रयोगमा ल्याउन आजबाट खुल्लामञ्चबाट बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । 

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाका अनुसार यस बसपार्कबाट करीब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए । जसमध्ये करीव २७ वटा कम्पनी छोटो दुरीका र करीब १३ वटा कम्पनी मध्यम दुरीका हुन् । 

महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको अवधिपछि यहाँबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई २ तरिकाबाट व्यवस्थापन गरिने भएको छ । टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चलाउनु पर्ने भएको छ । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका लागि सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो। प्राप्त निवेदनका विषयमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।’

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि २०७३ सालदेखि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुल्लामञ्चमा ल्याइएको थियो । तोकिएको समयभित्र टावर निर्माण नभएकोले खुल्ला मञ्चलाई खुल्ला राख्न महानगरले बसपार्क हटाएको हो। 

Logo