बिहीबार शेयर बजार मापक नेप्से परिसूचक करिव २६ अंकले बढेको छ। २५.८३ अंकले बढेर परिसूचक २ हजार ६११ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
गत मंगलबार ९२ अंकले उकालो लागेको नेप्से बुधबार सामान्य अंकले गिरावट आएको थियो । कोरोना संक्रमणको दोस्रो लहर तिव्ररुपमा फैलिएकाले निषेधाज्ञा जारी हुने हल्लाले नेप्से घट्दै आएको थियो । तर निषेधाज्ञा लागू भएको दिन बिहिबार शेयर बजार उकालो लागेको छ।
आज दुई उपसमूह बाहेक सबै उपसमूह हरियाली छाएको छ। जसमा बैंकिङ ७, ब्यापार १२६, विकास बैंक २७, जलविद्युत ८०, फाइनान्स ५, निर्जीवन बीमा १२४, उत्पादन १०३, अन्य ५०, माइक्रोफाइनान्स ४४ र जीवन बीमा १४२ अंकले बढेका छन् । होटल तथा पर्यटन समूह २७ र लगानी समूहको ०.११ प्रतिशतले घटेको छ।
आज २१७ वटा कम्पनी कारोबारमा आएका थिए। कारोबारमा आएका कम्पनीको ९ करोड ८१ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ।
तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। सिंगटी हाइड्रोपावर, विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको छ। आजको कारोबारपछि सिंगटीको मूल्य प्रतिकित्ता ३६३, महिलाको ३,१२५, विशाल बजारको ५०९९ रुपैयाँ पुगेको छ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ७ प्रतिशतले बढेर प्रतिकित्ता ६१८ रुपैयाँ कायम भएको छ।































प्रतिक्रिया