अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

केन्द्रबिन्दु
0
Shares

अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ। ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका साधन सञ्चालनका लागि छुट्टै नियम बनाएको छ।

मन्त्रालयमा निषेधाज्ञाका समयमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने विषयमा आइतबार भएको छलफलले ढुवानी साधनको नम्बर, किसिमसहित संलग्न कामदार तथा कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण खुलाउनुपर्ने निर्णय गरेको जनाइएको छ। 

बैठकले दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तु ढुवानीमा प्रयोग गरिने सवारी साधन र कर्मचारीको विवरण प्रमुख जिल्ला अधिकारी र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई जानकारी गराउनुपर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए।

यस्तैगरी प्रजिअ र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई सम्बोधन गरी पठाइएको पत्रको एकएक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुपर्ने र  ढुवानीका सवारी साधनले सबैले देख्ने गरी अगाडि प्रयोजनसहितको सेवा उल्लेख गरिएको तुल राख्नुपर्ने निर्णय भएको छ।

Logo