घट्यो सुनको मूल्य, कतिमा कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा कारोबार ?


साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन ३ सयले घटेको हो। आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो। मंगलबार २ सयले बढेको थियो ।

गत हप्ता आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन सयले बढेको थियो। शुक्रबार नौ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ३ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ।आज चाँदी तोलामा एक हजार ३२० मा कारोबार भइरहेको छ।

Logo