बहराइनका राजकुमारको टोलीद्वारा सगरमाथाको सफल आरोहण

बहराइनका राजकुमारको टोलीद्वारा सगरमाथाको सफल आरोहण

केन्द्रबिन्दु
0
Shares

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ। पर्यटन विभागका अनुसार सो टोलीले आज बिहान सगरमाथाको सफल आरोहण गरेको हो। 

सगरमाथाको नयाँ उचाइ (आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर) कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको यो पहिलो आरोहण हो। यस अघि बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो। 

यो सिजनमा सगरमाथा आरोहणका लागि यो समूह मार्च १५ मा नेपाल आएको थियो।

Logo