साताको अन्तिम दिन आज सुनको मूल्य स्थिर छ।
आइतबार १ सयले बढेको थियो। सोमबार २ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार पनि ३ सयले बढ्यो भने बुधबार तीन सयले घटेको थियो। बिहीबार सुन आज चार सयले घटेको थियो।
गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको सुन बिहीबार ३ सयले नै बढेको थियो। शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ११ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९१ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३३० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया