आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने प्रधानमन्त्रीको संकेत

आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने प्रधानमन्त्रीको संकेत

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने संकेत गरेका छन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले संसद जिवित रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट संसदबाटै आउने संकेत गरेका हुन्। बजेट अध्यादेशबाट आउँछ भन्ने शंका छ नि भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जीवित छ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार, संसदको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा बैशाख ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

आफ्नै पार्टी नेकपा (एमाले)भित्रको विवादसँगै संसदको बजेट अधिवेशन आव्हान गर्न ढिलाई हुनुले सरकारले फेरि पनि संसद विघटन गरि अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशंका राजनीतिकवृत्तमा गर्न थालिएको छ।

Logo