आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। सुन आज ६ सयले बढेको हो। आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो ।

गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार २ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार पनि ३ सयले बढ्यो भने बुधबार तीन सयले घटेको थियो। बिहीबार सुन आज चार सयले घटेको थियो। शुक्रबार भने स्थिर रहेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज ४५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३९० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo