नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन दुई नयाँ रेकर्ड कायम भएको छ। मंगलबार नेप्से परिसूचक करिब २८ सय अंक नजिक पुग्दा सबैभन्दा बढी शेयर कारोबार भई नेप्सेले एकैदिन दुई नयाँ रेकर्ड कायम गरेको हो।
नेप्से परिसूचक लगातार उकालो लागेको छ। नेप्से मंगलबार ३४.६८ अकंले वृद्धि भई नयाँ रेकर्ड कायम गर्न सफल भएको हो। नेप्से आज २७९३.९० विन्दुमा पुगेर बन्द भएको छ। सोमबार पनि २०.७१ अंकले वृद्धि भएर २७५९.२२ विन्दुमा पुगेर नेप्सेले नयाँ रेकर्ड बनाएको थियो।
मंगलबार सेन्सेटिभतर्फ पनि ४.६४ अंक वृद्धि भइ ४९७.२३ अंकमा पुगेको छ। सेन्सेटिभतर्फ अघिल्लो दिन ४.४५ अंक वृद्धि भइ ४९२.५९ अंकमा पुगेको थियो। सोमबार कारोबारमा आएका २ सय १५ वटा कम्पनीका शेयरहरु १ लाख १५ हजार ९ सय ६१ पटक कारोबार भएका छन्।
२ करोड ३१ लाख ३१ हजार भन्दा बढी शेयर खरिद बिक्री हुँदा मंगलबार ११ अर्ब ३५ करोड भन्दा बढीको कारोबार भएको छ।
३४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। त्यसमध्ये हिमाल दोलखा हाइड्रोपावार, समता लघुवित्त, नेशनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, ओरियन्टल होटल, सोल्टी होटल, कालिका पावर कम्पनी, मिथिला लघुवित्त, विशाल बजार, बेस्ट फाइनान्स, घलेम्दी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ। अन्य २३ वटा कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ।





























प्रतिक्रिया