साताको अन्तिम दिन आज सुनको मूल्य घटेको छ। आज सुन ४ सयले घटेको हो ।
आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो। मंगलबार २ सयले घटेको थियो। बुधबार स्थिर रहेको थियो भने बिहीबार ७ सयले बढेको थियो ।
गत हप्ता आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो। मंगलबार ६ सयले बढेको थियो। यस्तै बुधबार १ सयले घटेको थियो। बिहीबार ४ सयले बढेको थियो भने शुक्रबार ४ सयले घटेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९३ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया