रिकभर हुन लागेको अर्थतन्त्रमा दोस्रो चरणको कोरोना भाइरसले गम्भीर धक्का

रिकभर हुन लागेको अर्थतन्त्रमा दोस्रो चरणको कोरोना भाइरसले गम्भीर धक्का

केन्द्रबिन्दु
0
Shares

गत वर्ष कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्र 'भी' आकारमा रिकभरी हुन थालेको थियो। 

तर दोस्रो चरणको कोरोना भाइरसले गम्भीर धक्का दिएको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०७७/०७८ प्रस्तुत गर्दै अर्थतन्त्र 'भी' आधारमा रिकभर हुन नसक्ने देखिएको बताएका छन्।  

पहिलो चरणको कोरोनाबाट अर्थतन्त्रले गति लिन लागेको थियो । तर, नयाँ वर्ष सुरु भएसँगै दोस्रो लहरको कोरोना फैलिएको र त्यसले अर्थतन्त्रलाई नराम्ररी धक्का दिएको उनले बताएका छन्।

आगामी आर्थिक वर्षमा कूल राष्ट्रिय उत्पादनका आधारमा नेपालीको प्रतिव्यक्ति आय १ लाख १ हजार ४०८ अर्थात १, १९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयमा आयोजित भिडियो कन्फरेन्समार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालीको प्रतिव्यक्ति आय १,१९६ पुग्ने अनुमान रहेको बताएका हुन्।
आर्थिक सर्वेक्षणका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादनका आधारमा प्रतिव्यक्ति आय ५ प्रतिशतले वृद्धि भई १ लाख ४० हजार ८१९ अर्थात १,९९१ डलर पुग्ने अनुमान गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए। 

प्रतिव्यक्ती खर्चयोग्य आम्दानी ४.५ प्रतिशतले बढ्दै १,४८६ डलर पुग्ने अनुमान गरिएको उनले बताए।

त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन कठीन हुने बताएका छन् । उनले ४ प्रतिशत आर्थिक वृद्धि अनुमान गरिएकामा तेस्रो चौमासिकमा आएको कोरोना महामारीका कारण सो लक्ष्य हासिल हुन कठीन रहने बताएका हुन्। 

अर्थमन्त्री पौडेलले कोरोना महामारीले गर्दा मुलुकको आर्थिक बृद्धिदर ४.०१ प्रतिशत पनि भेट्न कठिन रहेको बताएका छन्। 

त्यस्तै, सरकारले करिब ५ हजार उद्योगी व्यावसायीलाई कारोबारका आधारमा कर छुट दिने भएको छ। कोरोना कहरका कारण थला परेका उद्योगी व्यवसायीलाई राहत हुने गरी कर छुट गर्न लागिएको अर्थमन्त्रीले जानकारी दिए ।

सरकारले कोभिड १९ को महामारीका बाबजुद वृद्धिदर बाहेकका अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको दावी गरेको छ। अर्थमन्त्री पौडेलले फागुनसम्म अर्थतन्त्र राम्रो दिशामा रहेको तर कोरोनाको दोस्रो लहरले पुनः प्रभावित बनाएको बताए।

आर्थिक सर्वेक्षण २०७७/७८ सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतीपूर्ण रहेको स्वीकार गरे । 

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो। तर, अर्थतन्त्रले सोचेअनुसार गति लिन नसकेपछि ४.१ प्रतिशतको संशोधित अनुमान गरिएको थियो। तर, त्यो पनि अहिले चुनौतीपूर्ण बनेको छ।

त्यस्तै, आर्थिक वृद्धिदर बाहेकका परिसूचक भने सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ। यो अवधिमा राष्ट्रिय आय १,१९६ डलर पुगेको अर्थमन्त्रीले जानकारी दिएका छन् जुन अघिल्लो वर्षभन्दा बढी हो। 

यस्तै राष्ट्रिय खर्च योग्य आम्दानी १,४८६ डलर पुगेको छ। मुद्रास्फिति नियन्त्रणमा रहेको र रेमिट्यान्स आप्रवाह ८ दशमलव ६ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ। आयात–निर्यात अवस्था पनि सन्तुलनमा रहेको बताइएको छ।

 

Logo