सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ भने कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।
यस्तै, सरकारले सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड विनियोजन गरेको छ।
यता राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको हेडवर्क निर्माण गर्न २ अर्ब ४६ करोड विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने लक्ष्य रहेको बताए।





























प्रतिक्रिया