तीनकुने–जडीबुटीमा सुरुङमार्ग बन्ने, बजेट १ अर्ब ८० करोड विनियोजन

तीनकुने–जडीबुटीमा सुरुङमार्ग बन्ने, बजेट १ अर्ब ८० करोड विनियोजन

केन्द्रबिन्दु
0
Shares

सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।

काठमाडौंमा सबैभन्दा बढी जाम हुने कोटेश्वरमा सुरूङमार्ग बनाउन बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी गराए।

यस्तै चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ।

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए।

सरकारले २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेट, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट गरेको अर्थमन्त्री पौडेलले बताए।

Logo