पर्सामा मल वितरण प्रणालीमा पारदर्शिता नभएको आरोप

पर्सामा मल वितरण प्रणालीमा पारदर्शिता नभएको आरोप

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

पर्सा जिल्लामा किसानलाई मल आपूर्ति गर्दै आएको कृषि सामग्री लिमिटेड प्रादेशिक कार्यालय तथा साल्ट ट्रेडिङ कर्पोरेशनले वितरण गर्दै आएको रासायनिक मलमा पारदर्शिता नभएकाले वास्तविक किसानले मल पाउन नसकेको आरोप जनप्रतिनिधिहरुले लगाउँदै आएका छन् । ती दुई संस्थाले आफ्ना डिलरमार्फत ग्रामीण क्षेत्रमा रासायनिक मल पठाए पनि डिलरहरुले कालोबजारी गरी मल बेच्ने गरेकाले वास्तविक किसान मल पाउनबाट बञ्चित भएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।

कृषि ज्ञान केन्द्र पर्साले आयोजना गरेको स्थानीय तहसँगको एकदिने समन्वय गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधिले रासायनिक मल वितरण प्रणालीमा पारदर्शिता नहुँदा ठोरी गाउँपालिका लगायतका क्षेत्रसम्म रासायनिक मल नपुगेका कारण यसको प्रत्यक्ष प्रभाव धान खेतीमा पर्न गएको बताएका छन् ।

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले मल वितरण प्रणालीमा पारदर्शिता नभएको, कसलाई कति मल उपलब्ध गराएको सोबारे जानकारी नभएको आरोप लगाए । तीन तहको सरकारबीच समन्वय नभएको, प्रदेश सरकार अन्तर्गत योजनाहरु भएको, स्थानीय तहलाई रासायनिक मल वितरण गर्न अधिकार नदिएको विषयमा छलफलमा कुरा उठेको थियो ।रासस

Skip This
Skip This
Logo