जेष्ठ नागरिक महासंघले गर्यो बजेटको स्वागत, सामाजिक सुरक्षा भत्ता वृद्धि गरेकोमा खुसी व्यक्त

जेष्ठ नागरिक महासंघले गर्यो बजेटको स्वागत, सामाजिक सुरक्षा भत्ता वृद्धि गरेकोमा खुसी व्यक्त


ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा सरकारले वृद्धि गरेसँगै सबैले सरकारलाई धन्यबाद दिएका छन्।

जेष्ठ नागरिक महासंघले पनि सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको भन्दै सरकारलाई धन्यबाद र आभार प्रकट गरेको छ।

महासंघले आगामी आर्थिक वर्षको बजेटलाई स्वागत पनि गरेको छ। महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी मासिक ४ हजार रुपैयाँ कायम गरिएकोमा सरकारप्रति आभार प्रकट गरिएको उल्लेख गरेको छ। 

महासंघका अध्यक्ष मदनदास श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बजेट बक्तव्यमा उल्लेख गरिएको कोही र केही नभएका ज्येष्ठ नागरिकहरूको जिम्मेवारीसमेत सरकारले लिने, काठमाडौंको गोठाटारमा अस्पतालको सुविधासहित ५०० क्षमताको ज्येष्ठ नागरिक आवास निर्माण गर्ने, अस्पतालहरूमा ज्येष्ठ नागरिकको अलग्गै वार्डको व्यवस्था गरी उपचार गर्ने र अल्जाईमर लगायत बुढ्यौली रोगबाट प्रभावित ज्येष्ठ नागरिकको निःशुल्क औषधोपचारको व्यवस्था गर्ने जस्ता कार्यक्रमहरू स्वागतयोग्य रहेको पनि उल्लेख गरिएको छ। 

तथापि महासंघले बजेटमा जे–जति सम्बोधन भयो त्यो पुरा नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

ज्येष्ठ नागरिकलाई राज्यले उपलब्ध गराउनु पर्ने सेवा सुविधा एवं सम्बोधन गर्नु पर्ने विषयहरू वृहत् छन्, यी विषयमा पनि सरकारले ध्यान पुर्याउनु पर्ने बताईएको छ। नेपालमा करिव ३० लाख ज्येष्ठ नागरिकहरू छन्।

एक सयदेखि चार हजारसम्म आईपुग्दा कुन कुन अर्थमन्त्रीले कति कति बढाए सामाजिक सुरक्षा भत्ताः

भरतमोहन अधिकारी, एक सय (२०५१–५२)
डा.महेश आचार्य, एक सय ५० (२०५६–५७)
भरतमोहन अधिकारी, एक सय ७५ (२०६१–६२)
डा.बाबुराम भट्टराई, पाँच सय  (२०६५–६६)
डा.रामशरण महत, एक हजार (२०७२–७३)
विष्णु पौडेल, दुई हजार  (२०७३–७४)
डा.युवराज खतिवडा, तीन हजार  (२०७६–७७)
विष्णु पौडेल, चार हजार (२०७८–७९)

Logo