दुई दिन लगातार ओरालो लागेको शेयर बजार आज ५५.७६ अंकले वृद्धि

दुई दिन लगातार ओरालो लागेको शेयर बजार आज ५५.७६ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो दुई दिन लगाताररुपमा ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचक बुधबारको कारोबारमा पुनः हरियाली छाएको छ। सोमबार र मंगलबार गिरावट देखिएको नेप्से परिसूचक आज ५५.७६ अंकले वृद्धि भएको हो। नेप्से ५५.७६ अंकले बढेर पुनः २ हजार ८२७.१३ अंकमा पुगेको छ।

आज कारोबारमा आएका २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँमा कारोबार भएको छ। जसमा १७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयर मूल्य गिरावट आएको छ। १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

त्यस्तै, उपसमूहतर्फ म्यूचुअल फण्डबाहेक अन्य सबै उपसमूह वृद्धि भएको छ। आज सबैभन्दा धेरै फाइनाइन्समा ९.९१ प्रतिशत, विकास बैंक ६.१३ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ३.३४ प्रतिशतले वृद्धि भएको छ।

आजको कारोबारमा राष्ट्रिय बीमा कम्पनी र सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। 

त्यसैगरी मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल रि इन्स्योरेन्स कम्पनी, युनियन हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।  

त्यसैगरी सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा राधी विद्युत् कम्पनी, एनबीबीएल डिबेञ्चर २०८५, विशाल बजार कम्पनी, सिटिजन म्यूचुअल फण्ड २ रहेका छन्।

Logo