सरकारद्वारा ७८ वटा होटललाई क्यारेन्टिन होटलमा सूचिकरण

सरकारद्वारा ७८ वटा होटललाई क्यारेन्टिन होटलमा सूचिकरण

केन्द्रबिन्दु
0
Shares

भारत लगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई  क्यारेन्टिन होटल बनाइएको छ। पर्यटन विभागमा दर्ता भएका ७८ वटा होटललाई क्यारेन्टिन होटलको रुपमा सूचिकरण गरिएको हो। 

पर्यटन विभागले आज पर्यटकदेखि पाँचतारे स्तरसम्मका ७८ वटा होटलको नाम क्यारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो। बिहीबारदेखि भारतलगायत कतार, टर्की र चीन गरी चार गन्तव्यका लागि उडान खुला गरिएको छ। उक्त चार गन्तव्यबाट स्वदेश आउने यात्रुका लागि उक्त होटललाई क्यारेन्टिन बनाइएको हो। 

कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतलगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ। यस्तै, खाडी मुलुकाबाट आउनेले पाँच दिन बसे पुग्छ भन विशेष परिस्थिति भएकालाई होम क्वरेन्टिनमा पठाउने व्यवस्था पनि रहेको छ । 

विभागले सार्वजनिक गरेको ७८ वटा होटलमध्येमा पाँचतारे स्तरका ७ वटा होटल रहेका छन्। विभागको सूचना अनुसार काठमाडौंमा सञ्चालित सांग्रिला, होटल   र्‍याडिसन, होटल याक एण्ड यति, ह्यात रिजेन्सी सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटललाई क्वारेन्टिन तोकिएको हो। पाँचतारे होटलका सञ्चालकले २५ भन्दा बढी कोठा क्यारेन्टिनका लागि छुट्टाएका छन्। 

यस्तै, चारतारे स्तरका होटल शंकर र होटल हिमालय, तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्क गरी ७ होटल क्यारेन्टिनका रुपमा सूचिकरण भएका छन् । यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन् ।

यसअघि नै एयर बबल अवधारण अनुरुप नेपाल भित्रनेहरुका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ८ वटा होटललाई क्यारेन्टिन होटलका रुपमा छुट्टाएको थियो । उक्त होटलमा ७० हाटल थप गरी ७८ वटा होटललाई क्यारेन्टिन बनाईएको हो । 

विभागले पर्यटकस्तरका होटलको दैनिक शुल्क रु तीन हजार (बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खाना) तोकेपनि तारे होटलको शुल्क तोकिएको छैन। तारे होटललाई क्यारेन्टिन होटल बनाइएको भन्दै शुल्क निर्धारण नगरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए। उनका अनुसार तारे होटलका सञ्चालकले क्यारेन्टिन शुल्क आफैँ निर्धारण गर्नुपर्नेछ।

Logo