सरकारी स्वामित्वमा रहेका दुईवटा कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले विभिन्न खाद्यवस्तु र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिएर बिक्री वितरण सुरु गरेका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत् ‘राहत, सहुलियत र पुनरुत्थान कार्यक्रम’ अन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने सामग्रीमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो।
त्यही घोषणा अनुरुप सरकारी निकायहरुले बेच्दै आएको चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी, तथा खाना पकाउने ग्यासमा उपभोक्ताले २० प्रतिशत छुट पाउने भएका छन्।
खाद्य व्यवस्था कम्पनीले बेच्ने चामलमा अधिकतम ३० किलो र कर्णालीको सिमी अधिकतम २ किलो २० प्रतिशत छुट रकममा किन्न सकिनेछ। भरिएको ग्यास सिलिन्डर ११२० रुपैयाँमै पाइनेछ।
साल्ट ट्रेडिङले २ किलोसम्मको पिठो, चिनी, नून र १ लिटरको भटमासको तेलमा छुट दिने उल्लेख गरेको छ।
यो छुट निषेधाज्ञा लागू भएका क्षेत्रमा निषेधाज्ञा अवघिसम्म मात्र लागू हुने कम्पनीले जनाएका छन्।





























प्रतिक्रिया