हवाई इन्धनको मूल्य घटाउन मन्त्रीको निर्देशन, कति छ अहिले मूल्य?

हवाई इन्धनको मूल्य घटाउन मन्त्रीको निर्देशन, कति छ अहिले मूल्य?


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन्। 

मन्त्री ढकालले सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिएका हुन्।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका मन्त्रालय सचिवालयले जनाएको हो।

हवाई इन्धनको समयानुकूल समायोजन नहुँदा हवाई कम्पनी मारमा परेको ढकालले भनेका थिए।

त्यसो त अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन पनि विभिन्न संस्थाहरूले माग गर्दै आएका थिए। अहिले हवाई इन्धनको मूल्य ७८ रुपैयाँ प्रतिलिटर छ।

Logo