होन्डाले ३०० सीसीको ड्युअल स्पोर्ट सीआरएफ मोडल बजारमा ल्याउँदै

होन्डाले ३०० सीसीको ड्युअल स्पोर्ट सीआरएफ मोडल बजारमा ल्याउँदै


होन्डाले ३०० सीसीको ड्युअल स्पोर्ट सीआरएफ मोडल बजारमा  ल्याउने भएको छ। यसका लागि कम्पनीले भारतमा सीआरएफ ३०० एल बाइक नेम पेटेन्ट गरेको छ। अबको केही समयपछि नै होन्डाले सीआरएफ सिरिजमा ३०० सीसीको मोटरसाइकल लन्च गर्नेछ।

सीआरएफको सबैभन्दा माथिल्लो श्रेणीको मोडल सीआरएफ ११०० छ। होन्डा सीआरएफ ३००एल मा सीबी३००आरको इन्जिन प्रयोग हुनेछ ।

यसको ग्राउन्ड क्लियरेन्स २८४ एमएम उचाईको छ। त्यस्तै सिटको उचाई ८८० एमएमको हुनेछ । यसमा ४३ एमएम फ्रन्ट यूएसडी हुनेछ भने २१/१८ इन्चको टायर कम्बिनेसन हुने कम्पनीले जनाएको छ।

होन्डाले सीआरएफ २५० र ३०० मोडल यस अघि नै थाइल्यान्ड र इन्डोनेसियामा बिक्री गरिसकेको छ। भारतीय बजारमा कहिले भन्ने मिति भने तय गरेको छैन । 

नेपाली बजारमा पनि तत्काल यो मोटरसाइकल आउने वा नआउने केही खुलाइएको छैन । नेपाली बजारमा हाल उपलब्ध सीआरएफ १५०एल र १९०एल लोकप्रिय छन्।

Logo