शेयर बजारलाई विश्वसनीय र लगानीमैत्री बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन्।
नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित वेबिनारलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटले वस्तु विनिमय बजारलाई अगाडि बढाउने नीति लिएको भन्दै नीतिको कार्यान्वयमा ध्यान दिन अर्थमन्त्री पौडलले बोर्डलाई निर्देशन दिएका छन्।
धितोपत्र कारोबारलाई व्यवस्थित बनाउँदै अनियमितता र बजारलाई प्रभाव पार्ने खालका नकारात्मक धारणा जान दिन हुँदैन। उनले भने, ‘वस्तु विनियमय बजार सुरू गर्न धितोपत्र बोर्डले आवश्यक कदम चाल्ने विश्वास लिएको छु।’
त्यस्तै, उनले लगानीकर्ताप्रति आभार जनाउँदै बजारलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित बनाउनु पर्नेमा जोड दिएका छन्।





























प्रतिक्रिया