‘वाई वाई ग्लोकल टिन हिरो २०२१’ का लागि आवेदन खुल्ला गरिएको छ। समाजमा प्रभाव पर्ने खालको गतिविधीमा सक्रिय १३ देखि १९ वर्षका नेपाली किशोरकिशोरीहरूले उक्त उपाधीका लागि जुन ११ देखि जुलाई ३० सम्म आवेदन खुला गरिएको हो। ‘वाई वाई ग्लोकल टिन हिरो २०२१’ मा किशोरकिशोरीहरू आफैंले आवेदन दिएर वा मनोनयनमार्फत् पनि सहभागी हुन सक्नेछन्।
किशोरकिशोरीहरुमा भएको सीप र मौलिकतामार्फत् समाजमा पारेको प्रभावलाई प्रोत्साहन गर्दै अरू माझ चिनाउने र थप त्यस्ता काम गर्न प्लेटफर्म सिर्जना गर्ने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपाल’ को यो सातौँ संस्करण हो।
आवेदन खुल्ला भएको घोषणा गरिएको कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चौधरी ग्रुप ग्लोकल टिन हिरो बाहेक स्टार्टअपहरूलाई लगानी लगायत विभिन्न किसिमका सहयोग गर्न तयार रहेको बताएका थिए।
निर्णायकको भूमिकामा सिजी कर्पका कार्यकारी निर्देशक वरूण चौधरी, ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, कोकाकोला कम्पनीका लागि नेपाल निर्देशक आदशै अवस्थी, युरोपेली युनियनबाट नेपालका लागि राजदूत नोना डेप्रेज र गोल्डस्टार सुजकी मार्केटिङ र ब्रान्डिङ निर्देशक विदुषी राणा रहने भएका छन्।





























प्रतिक्रिया