साताको पहिलो दिन आइतबार शेयरबजार मापक नेप्से परिसूचकको कारोबारमा नयाँ रेकर्ड कायम भएको छ। आज शेयर बजारका सबै सूचकमा हरियाली छाएको छ।
आज नेप्से परिसूचक ३८.३२ अंकले बढेर २ हजार ९८३.३२ विन्दुमा पुगेको छ । कारोबारमा आएका २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा १२७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको मूल्य घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर छ।
उपसमूहतर्फ विकास बैंक ८.२४ प्रतिशत, फाइनान्स ७.१४ प्रतिशत, जलविद्युत् ६.१० प्रतिशत, होटल एन्ड टुरिजम इन्डेक्स ४.७३ प्रतिशत र लगानी समूह २.३८ प्रतिशतले इन्डेक्स बढेको छ।
आज श्री इन्भेष्टमेन्ट कम्पनी, समृद्धि फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।
त्यसैगरी रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, पञ्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रो, सीइडीबी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, लुम्बिनी विकास बैंक, माउन्टेन इनर्जी, नेपाल जोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, ओरियन्टल होटल्स, सोल्टी होटल्स, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सलगायतका कम्पनीको शेयर मूल्य ९.९० प्रतिशतभन्दा धेरैले बढेको छ।
त्यसैगरी नेपाल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र समिट लभुवित्तको शेयर मूल्यमा भने गिरावट देखिएको छ।





























प्रतिक्रिया