वर्षायामका तीन महिना सडक खन्न नपाइने, खनिए कानून बमोजिम कारबाही हुने

वर्षायामका तीन महिना सडक खन्न नपाइने, खनिए कानून बमोजिम कारबाही हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले मनसुन वा वर्षायामका तीन महिना सडक खन्न नपाइने व्यवस्था सुरु गरेको छ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सडक डिभिजन माताहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिने र कसैले जर्बजस्ती सडक खनेको पाइएमा कारबाही गरिने बताएको छ। 

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने जनाएको छ।

आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने नाममा जथाभावी सडक खनेर काम देखाउने र बजेट खर्च गर्ने परम्परालाई यस्तो नीतिले कम गर्ने देखिएको छ।

पछिल्लो समय स्थानिय तह, प्रदेश र केन्द्रले पनि बजेट सक्ने नाममा बर्षायाममा काम गर्ने गरेका छन्।

Logo