जीवन विकासको आईपीओ ११ असारमा आउने

जीवन विकासको आईपीओ ११ असारमा आउने

केन्द्रबिन्दु
0
Shares

जीवन विकास लघुवित्तलले आईपओ निष्कासनको तयारी गरेको छ। कम्पनीको आईपीओ असार ११ गतेबाट निष्कासन हुने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले बताएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीलाई र  ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्बसाधारणले पाउनेछन्। 

कमम्पनीको  आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।

Skip This
Skip This
Logo