कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई काठमाडौँ महानगरको कर छुट

कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई काठमाडौँ महानगरको कर छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज असार ३ गते काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। 

आज सार्वजनिक गरेको नीति–तथा कार्यक्रममा काठमाडौँ महानगरले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने भएको छ।  

सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

 ‘यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ। यस कार्यका लागि निजीक्षेत्र समेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ,’ ‘महानगरलाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ। कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइनेछ।’ 

कोभिड–१९ बाट प्रभावित व्यवसायहरु (होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ।

Logo