अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूत नियुक्त

अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूत नियुक्त

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारले अरुणकुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ। उनलाई हंगेरीका परराष्ट्रमन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो। 

उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। डा सुवेदीले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामनासमेत व्यक्त गरेका थिए। 

अरुणकुमार चौधरी नेपालको व्यवसायिक घराना सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । कार्यक्रममा उनले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। 

Logo