बाढी पहिरो पीडित ग्राहकलाई स्मार्टको सय रुपैंयाँ ब्यालेन्स

बाढी पहिरो पीडित ग्राहकलाई स्मार्टको सय रुपैंयाँ ब्यालेन्स

केन्द्रबिन्दु
0
Shares

स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढी पहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई एक सय रूपैंयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराएको हो।

उपलब्ध गराइएको ब्यालेन्स ग्राहकलाई यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ। उक्त ब्यालेन्स रकमबाट स्मार्ट नेटवर्कभित्र अननेट कल गर्न तथा डेटा चलाउने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो ब्यालेन्स ७ दिनसम्म मान्य रहनेछ।

यस विषयमा थप जानकारीका लागि स्मार्ट ग्राहकले १४२४२ अथवा ९६११००४२४२ मा सम्पर्क गर्न सक्ने जनाइएको छ। अथवा स्मार्ट टेलिकमको वेबसाइटमार्फ पनि यस विषयमा जानकारी लिन सकिने जनाइएको छ।

Logo