लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ।
खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र सो निर्णय अनुसार जेठ २१ गतेदेखि असार ४ गतेसम्म पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न बिक्री गरेको बताइन्।
हालसम्म सहुलियतदरमा १४ सय ५ क्वीन्टल चामल, ३० क्विन्टल सिमी, २२ क्वीन्टल गहुँ उपलब्ध गराइएको उनले बताइन्। कम्पनीले यस अवधिमा ८७ लाख २४ हजार ३२५ रुपैयाँ रकम बराबरको खाद्यान्न बिक्री गरेको पनि उनले जानकारी दिइन् ।
कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरोको आसपाससम्म खाद्यान्न सामग्रीको होम डेलिभरी पनि गर्दै आएको छ। होम डेलिभरी सेवामा भने छुट नदिइने उनले स्पष्ट पारिन्।
खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले गत मंसिरदेखि चैत्रसम्म करिब २ लाख ७७ हजार क्वीन्टल धान किसानसँग किनेको र सोही धानलाई चामल बनाएर विभिन्न दुर्गम जिल्लामा पुर्याउनेदेखि काठमाडौंमा बिक्री वितरण गरिएको उनले बताइन्।





























प्रतिक्रिया