सरकार निर्वाचनतर्फ केन्द्रित छः यातायातमन्त्री नेम्बाङ

सरकार निर्वाचनतर्फ केन्द्रित छः यातायातमन्त्री नेम्बाङ


भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले सरकार निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन्।

जटिल परिस्थितिबीच कात्तिक २६ र ३ गते सम्पन्न गर्ने तयारीमा सरकार रहेको बताए। तर, मुलुकमा राजनीतिक जटिलता रहेको यसको अन्त्य राजनीतिक दलहरूले गर्नुपर्नेमा उनको जोड छ।
पाँचथरको फिदिम नगरपालिकाको नवौं नगर सभालाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री नेम्बाङले संघीय र प्रदेश सरकारबाट नगरपालिकामा आएको बजेटको कार्यान्वयन गर्न आग्रह गरे।

त्यसो भए मात्रै नगर सभा बैठकले पारित गरेको बजेटसहितको नीति तथा कार्यक्रम सफल भएको मान्न सकिने बताए।

‘संघ र प्रदेशबाट फिदिम नगरको जनताको समृद्धि, सामाजिक सुरक्षा, पूर्वाधार निर्माणलगायत शीर्षकमा बजेट आएको छ र एकीकृत ढंगले खर्च गरेर बजेट कार्यान्वयन सफल बनाउन सकियो भने नवौं नगरसभाको सफलता हुनेछ।

Logo