पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढ्न सक्छ: आयल निगम

पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढ्न सक्छ: आयल निगम

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ।

निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए। हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मूल्यवृद्धि गरिएको प्रष्ट्याए। आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उनको भनाइ छ।  

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साबिकको विक्री मूल्यमा २ रुपैयाँ वृद्धि गरि नयाँ खुद्रा विक्री मूल्य क्रमशः १२७ रुपैयाँ र ११० रुपैयाँ कायम गरेको छ। 

त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरि नयाँ विक्री मूल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ। यति वृद्धि गर्दा पनि आयल निकै अझै घाटामा रहने आयल  प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए।

Skip This
Skip This
Logo