सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै?

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज सुनको मूल्य घटेको छ। आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। आज भने तोलामा एक सयले घटेको छ।

गत हप्ता आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो। बुधबार सुन ३ सयले घटेको सुन बिहीबार २ सयले घट्यो। शुक्रबार स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३०० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo