मंगलबार शेयर बजार राताम्मे, नेप्से परिसूचक ४७.५९ अंकले घट्यो

मंगलबार शेयर बजार राताम्मे, नेप्से परिसूचक ४७.५९ अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार शेयर बजारमापक नेप्से परिसूचकका सबै इनडेक्सहरु राताम्मे भएका छन्। अधिकांश सूचकहरु नकारात्मक हुँदा माइक्रोफाइनान्स एउटामा मात्रै नगानीकर्ताको आकर्षण बढेर पोजिटिभ देखिएको छ।

आज कारोबारमा नेप्से परिसूचक ४७.५० अंकले घटेर २ हजार ८२८ विन्दुमा झरेको छ । २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँमा कारोबार भएको छ।

मंगलबार ४६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आज सबैभन्दा बढी शेयर मूल्य बढ्ने कम्पनीमा ओरियन्टल होटल, गुराँस लघुवित्त, सामूदायिक लघुवित्त, तारागाउँ रिजेन्सी होटल, सिभिल लघुवित्त र निर्धन उत्थान लघुवित्तलगायत रहेका छन् । 

त्यसैगरी सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा प्रोग्रेसिभ फाइनान्स, एचआइडीसीएल, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल फाइनान्सलगायतका कम्पनी छन्।

Logo