म्याद गुज्रिएका सामग्री फेला गरेपछि चार दुग्ध उद्योगमाथि कारबाही

म्याद गुज्रिएका सामग्री फेला गरेपछि चार दुग्ध उद्योगमाथि कारबाही

केन्द्रबिन्दु
0
Shares

धादिङ जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही  समेत गरिइएको छ। जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले  संयुक्तरुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलनसमेत भएको छ। 

अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई रु १० हजार,  एन के दुग्ध उद्योगलाई रु १५ महांकाल  दुग्ध उद्योगलाई रु १० हजार र खनाल दुग्ध उद्योगलाई रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।  

उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो। 

Skip This
Skip This
Logo