नेपाल प्रहरीका कर्मचारीहरुले राष्ट्रिय बाणिज्य बैंकबाट बिनाधितो सहुलियतपूर्ण ऋण पाउने भएका छन्।
बुधबार बिनाधितो ऋण दिने समझदारीपत्रमा नेपाल प्रहरी र बैंकबीच हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरेका छन्।
हस्ताक्षरपछि बैंकमा नेपाल प्रहरीको तलवी बचतखाता सञ्चालन हुनेछ। खाता आगामी ५ बर्षसम्म सञ्चालन हुनेछ। साथै प्रहरी कर्मचारीले बैंकबाट बिनाधितो कर्जा पाउनेछन्।
हस्ताक्षर कार्यक्रममा श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाईजर हस्तान्तरण गरेका छन्।





























प्रतिक्रिया