डेढ वर्षदेखि भारतले पाम आयलको आयातमा लगाएको प्रतिबन्ध हटायो

डेढ वर्षदेखि भारतले पाम आयलको आयातमा लगाएको प्रतिबन्ध हटायो

केन्द्रबिन्दु
0
Shares

भारत सरकारले करिव डेढ वर्षदेखि नेपालबाट पाम आयल आयातमा लगाएको प्रतिबन्ध हटाएको छ। 

भारत सरकारले ०७६ पुस २३ गते पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । तर, भारतले बुधबारदेखि पुनः पाम आयलको आयात खुला गरेको भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले जनाएको छ।

भारतले पाम आयल तेल आयातमा प्रतिबन्ध गर्दा नेपालको पाम आयल तेल निर्यात शुन्य नै रहेको थियो । भारतले प्रतिबन्ध गर्नु भन्दा पहिले उल्लेखनीय रुपमा नेपालबाट निर्यात हँुदै आएको थियो । 

नेपालमा पाम आयलको उत्पादन हुँदैन तर भारतमा नेपालबाट निर्यात हुँदै आएको पाम आयल नेपाली उद्योगीहरूले मलेसिया र इन्डोनेसियाबाट आयात गर्ने गरेका छन् । यसरी मलेसिया र इन्डोनेसियाबाट आयात गरिएको पाम आयल गरी नेपाली व्यवसायीले प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएका छन्। 

उक्त तेलमा गुणस्तरीय नभएको भन्दै भारत सरकारले बारम्बार प्रश्न उठाउँदै आएको थियो। तर यसरी प्रश्न गर्दा गर्दै करिव डेढ वर्ष अघि प्रतिबन्ध नै गरेको थियो। 

नेपालको व्यापारघाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले प्रतिबन्ध गरेपछि अहिले भटमासको तेलको निर्यात बढ्दै गएको थियो। यसरी भारतमा भटमासको तेल निर्यात बढ्दा नेपालमा खाने तेलको मूल्य अत्याधिक रुपमा बढेको छ।

Skip This
Skip This
Logo