मंगलबार नेप्से परिसूचक ५.२५ अंकले गिरावट

मंगलबार नेप्से परिसूचक ५.२५ अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

तीन सातादेखि गिरावट हुँदै आएको शेयर बजारले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार ५.२५ अंकले घटेर नेप्से परिसूचक २ हजार ८१८.११ अंकमा सीमित भएको छ।

आज १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँमा कारोबार भएको छ । एक महिना अघिसम्म दैनिक १७ देखि १९ अर्ब रुपैयाँसम्म कारोबार भएकोमा केही दिनयता ४ देखि ६ अर्बको कारोबारमै सीमित बन्न पुगेको छ। 

त्यस्तै आज कारोबारमा बैंकिङ, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, माइक्रो फाइनान्स लगायतका सब इन्डेक्स वृद्धि देखिदा जलविद्युत्, फाइनान्स, ट्रेडिङ र लगानी समूहमा गिरावट देखिएको छ।

आज ७७ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ भने १२० वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी २३ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

सबैभन्दा बढी शेयर मूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, माउन्टेन इनर्जी नेपाल, सिभिल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, समटि माइक्रो फाइनान्सलगायतका कम्पनी छन्।

त्यसैगरी सबैभन्दा बढी घट्ने कम्पनीमा एचआइडीसीएल, माथिल्लो तामाकोसी, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र नेशनल हाइड्रोपावर कम्पनीलगायतका कम्पनी छन्।

बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक किनबेच भएको छ । कम्पनीको ३५ करोड ८७ लाख रुपैयाँको किनबेच भएको छ। यसपछि तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ।

Logo