‘एक्जीम कोड’ लिदा बैङ्क ग्यारेण्टी राख्नु नपर्ने व्यवस्था गर्न ‘नाडा’को आग्रह

‘एक्जीम कोड’ लिदा बैङ्क ग्यारेण्टी राख्नु नपर्ने व्यवस्था गर्न ‘नाडा’को आग्रह

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोवाईल्स एशोसिएसनको प्रतिनिधि मण्डलले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेट गरेका छन्। कोभिड १९ को कारण ठूलो समस्यामा परिरहेका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडाले जनाएको छ । 

अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले महानिर्देशक पौडेलसँग अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा पनि छलफल गरेकोे नाडाले जनाएको छ ।

भेटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे छलफल भएको जनाएका छन्। छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरुबारे अवगत गराएका थिए । 

नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनु पर्ने बताएका छन्। त्यस्तै उनले नयाँ एक्जीम कोड लिदा बैङ्क ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैङ्क ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागिसमेत आग्रह गरेका छन्।

छलफलमा विभागका तर्फबाट प्रवक्ता शिवराज सेढाईसमेतको उपस्थिति रहेको थियो। त्यसैगरी सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती र सहकोषाध्यक्ष विक्रम सिंहानियासमेतको उपस्थिति रहेको थियो। 

Skip This
Skip This
Logo